NIMB Header 2
Nepal Life

इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने नेपाल लाइफका अभिकर्ता सुमनले जिते ल्यापटप

Citizen Life
  • BFIS News
  • 2023 Aug 17 16:58
इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने नेपाल लाइफका अभिकर्ता सुमनले जिते ल्यापटप
National Life

काठमाडौं । नेपाल लाइफका अभिकर्ता सुमन जर्घा मगरले इसेवाबाट नविकरण बीमा शुल्क भुक्तानी गरेर ल्यापटप जितेका छन् । बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क इसेवा मार्फत अनलाइन भुक्तानी गर्नेलाई लक्की ड्र मार्पत पुरस्कृत गर्दै आएको छ ।

उनले डेल कम्पनीको ‘Dell Latitude 5320 i5, 11th Gen’ ल्यापटप उपहार पाएका हुन् । इसेवा मार्फत लाइफ इन्स्योरेन्सको पोलिसी नविकरण गर्दा ५० हजार जित्न सकिने भएको छ । प्रयोगकर्तालाई अनलाइन मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले इसेवाले यस किसिमको अफर सार्वजनिक गरेको हो ।

NIMB

इसेवाले गत असारमा आफ्नो अनलाइन प्रणालीबाट बीमा शुल्क भुक्तानी गर्नेहरुलाई प्रोत्साहन गर्न विभिन्न किसिमका अफर ल्याएको थियो । जसमा हरेक दिन एक जनालाई एक हजार क्यासव्याकको अफरदेखि एक जना भाग्यशालीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिएको थियो ।

इसेवाले जुनसुकै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्दा पनि यस्तो सुविधा पाउन सक्ने व्यवस्था गर्दै आएको छ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख भन्दा धेरै ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्योरेन्सको प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया