NIMB Header 2
Nepal Life

आइपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो डबल बी रेटिङ 

Muktinath Bank
  • BFIS News
  • 2024 Sep 03 16:32
आइपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो डबल बी रेटिङ 
National Life

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणमा शेयर निष्काशनको प्रकृयामा रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल भदौ ७ गते क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी "[ICRANP-IR] BB" रेटिङ पाएको हो । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ । 

NIMB

साथै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेड र आरविवि म्युचुअल फण्ड १ संग भदौ १७ गते सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनका लागि शेयर प्रत्याभुतीकर्ताको रुपमा नियुक्त समेत गरिसकेको छ । 

स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठुलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरुमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमाङ्कन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो । निकट भविष्यमा हुने कारोबारको विविधिकरण सहितको व्यापार विस्तार, गुणस्तरिय लगानी तथा नियन्त्रित दावी भुक्तानी प्रकृयाले रेटिङलाई सकारात्मक प्रभाव पार्नेछ । 

कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँकोे ३० प्रतिशत अर्थात बाइस करोड पचास लाख रुपैयाँ रकम बराबरको २२,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई प्रति शेयर एक सय रुपैयाँको दरमा आइपिओ निष्काशन गर्नेछ । 

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७९ पौष १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो । न्यून आय भएका मध्यम वर्ग एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पुर्याउने लक्ष्यका साथ बीमा ऐन, २०७९ तथा बीमा नियमावली, २०४९ अनुसार २०७९ चैत २८ गते लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरि कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीले हाल २३ वटा शाखा तथा उपशाखा कार्यालय मार्फत प्रदान गरिरहेको सेवाको गुणस्तर समय सापेक्ष रुपमा सुधार गरी पिछडीएको क्षेत्र, विपन्न वर्ग, सिमान्तकृत समुदाय तथा बीमाको दायरामा नआएका व्यक्तिहरु सम्म सेवा विस्तार गर्ने, सेवामा विविधिकरण गर्दै जाने तथा भविष्यमा ग्राहकहरुबाट माग भए बमोजिमका नयाँ सेवा सुविधाहरु आफ्ना ग्राहक वर्गमा ल्याउन प्रयत्नरत रहि थप सेवा विस्तार गर्दै जाने रणनीति योजना सहित अघि बढीरहेको अवस्था छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया