NIMB Header 2
Nepal Life

रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा

IME LIFE
  • BFIS News
  • 2024 Sep 05 08:16
रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा
United Ajod

काठमाडौं । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको १४ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  

सभा बत्तीसपुतलीमा रहेको अनुपम फूडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।  

Nepal Life
NIMB

सभामा पिइभिसी (भेन्चर क्यापिटल) तथा सामूहिक लगानी कोषको संस्थापक सेयरमा लगानी गर्ने, बुक बिल्डिङ समेतको कार्य गर्ने व्यवस्था थप गरि कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने अन्य कुनै उपयुक्त बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय पारित गरिनेछ ।

आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित पनि गरिनेछ। सभामा आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ७ गते बुक क्लोज गरेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार