राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा
- BFIS News
- 2024 Sep 05 08:21

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ६० रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो।
कम्पनीको आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७२/७३ सम्मको इनफोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ५२ हजार ८९० को आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन प्राधिकरणबाट गत भदौ १७ गते स्वीकृत भएको छ ।
सोही अनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुनेगरी (बोनस दिने गरी) जारी गरेको सबै किसिमका बीमालेखमा आव २०८१/८२ का लागि नयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
बोनसदर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ।
प्रतिक्रिया