Nepal Life

सरकारका सबै शर्त पूरा गर्न टिकटक तयार, अब प्राधिकरणको आदेशसँगै सञ्चालनमा आउने

NMB Bank
  • BFIS News
  • 2024 Sep 05 14:37
सरकारका सबै शर्त पूरा गर्न टिकटक तयार, अब प्राधिकरणको आदेशसँगै सञ्चालनमा आउने
United Ajod

काठमाडौं । सरकारले शर्तसहित प्रतिबन्ध हटाउने निर्णय गरेपछि टिकटकका प्रतिनिधि काठमाडौं आएका छन्। उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तबारे छलफल पनि गरे।

Shikhar
Nepal Life
NIMB

सिंगापुरस्थित कार्यालयबाट आएका तीनजना प्रतिनिधिले सरकारसँग गरेको छलफल सकारात्मक रहेको र नेपाल सरकारले राखेका शर्तहरु तत्काल पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका मन्त्रालय स्रोतले बताएको छ।

उनीहरुको प्रतिवद्धतासँगै अब नेपालमा टिकटकमाथिको प्रतिबन्ध पूर्णरुपमा हट्ने भएको छ।

टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो ।

सरकारले गत वर्षको २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। सो बेलादेखि नै टिकटकले पटकपटक सरकारलाई प्रतिबन्ध फूकुवा गर्न अनुरोध गर्दै आएको थियो। यसमा चिनिया राजदूतले समेत चासो राखेर सरकारलाई प्रतिबन्ध फूकुवा गर्न आग्रह गर्दै आएका थिए।

त्यसपछि सरकारले शर्तसहित टिकटकमा लगाएको प्रतिबन्ध खोल्ने निर्णय गत भदौ ६ मा गरेको थियो।

अब मन्त्रालयले पत्र लेखेपछि दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएसँगै प्रतिबन्ध हट्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया