Nepal Life

नेपाल लाइफको बजार हिस्सा ३० प्रतिशत नाघ्यो, पुरानै अवस्थामा फर्काउन कम्पनी देश दौडाहामा

NMB Bank
  • BFIS News
  • 2024 Sep 06 09:48
नेपाल लाइफको बजार हिस्सा ३० प्रतिशत नाघ्यो, पुरानै अवस्थामा फर्काउन कम्पनी देश दौडाहामा
National Life

काठमाडौं । नेपाल लाइफले आफ्नो पुरानै बजार हिस्सा र साखःलाई बढाउन थालेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिनामा कुल बीमा शुल्क आर्जन तर्फ ३०.७४ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको हो । गएका वर्षमा कम्पनीको बजार हिस्सा २४ प्रतिशत भन्दा तल झरेको थियो ।

Shikhar
NIMB

कम्पनीले साउन महिनामा ५ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवकी जीवन बीमा कम्पनीहरुकै कुल बीमा शुल्क आर्जन १८ अर्ब ५७ करोड रुपैयाँ छ । कम्पनीले गएको वर्षको साउनमा  ५ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यस वर्ष जीवन बीमा कम्पनीहरुको कुल नविकरण बीमा शुल्क तर्फ ९.०७ प्रतिशतको गिरावट देखिएको छ । गत वर्ष कम्पनीको बजार हिस्सा २७.१८ प्रतिशत थियो । यसरी एक वर्षको अवधिमा कम्पनीले ३.५५ प्रतिशत विन्दुले बजार हिस्सा बढाएको हो ।

नेपाल लाइफले साउन महिनामा ६४ करोड ६६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले प्रथम तर्फ भने बजार हिस्सा बढाउन बाँकी छ । अहिले करिव २५ प्रतिशत रहेको बजार हिस्सालाई आगामी दिनमा ३० प्रतिशत भन्दा माथि पुर्याउने कम्पनीको लक्ष्य छ ।

नेपाल लाइफमा बरिष्ट एजेन्सी म्यानेजर ओम केसीले बजारमा ७० प्रतिशत भन्दा माथिलाई नेपाल लाइफको बारेमा राम्रो सँग थाहा भएको तर बजार हिस्सा भने ३० प्रतिशत भन्दा कम रहदै गर्दा कम्पनीले सोच्नु पर्ने बताउदै आएका थियो । कम्पनीले अभिकर्ता च्यानललाई थप सक्रिय बनाएको हुँदा आगामी दिनमा अझ धेरै हिस्सा बढ्ने उनको भनाइ छ ।

यस वर्ष कम्पनीले अभिकर्ता च्यानललाई थप सक्रिय बनाएको छ । अभिकर्ताका अधिकाम्स मागहरु पुरा गर्दै आइरहेकोले पनि बजार हिस्सा बढाउन सफल भएको पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले बताए ।

नेपाल लाइफमा अव कुनै पनि इस्यु नरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बताए । उनले भने 'हामीले अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौँ र नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित उक्त कार्यक्रममा करिव पाँच हजार भन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई प्रशिक्षित गर्यौ ।' कम्पनीले आफ्नो तर्फबाट गर्न सक्ने सबै माग पुरा गर्दै अभिकर्ताहरुलाई मैदानमा उतारेको छ । यसको नतिजा यस वर्ष धेरै राम्रो आउने सिइओ पराजुलीले दाबी गरे । कम्पनीले विगतका वर्षको तुलनामा धेरै संरचनात्मक कुराहरुमा सुधार ल्याउदै आएको छ । व्यवसाय भित्र्याउने पाटोबाट मात्रै नभएर लगानी तथा प्रतिफलका पक्षमा पनि कम्पनीले काम गरिरहेको छ ।    

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया