Nepal Life

कोरोना बीमाको रकम माग गर्दै बीमा कम्पनीद्वारा सर्वोच्चमा रिट दर्ता

NMB Bank
  • BFIS News
  • 2024 Sep 08 16:10
कोरोना बीमाको रकम माग गर्दै बीमा कम्पनीद्वारा सर्वोच्चमा रिट दर्ता
National Life

काठमाडौं । कोरोना बीमाको रकम माग गर्दै बीमा कम्पनीहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले आज सर्वोच्च अदालतमा रिट दर्ता गरेको हो।

Shikhar
NIMB

कोरोना बीमाको मापदण्ड अनुसार सरकारले दिनुपर्ने रकम नदिँदा बीमितको रकम फिर्ता दिन नसकिएको भन्दै उक्त रकम माग गरिएको संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।

सरकारले नै भुक्तानी नदिएपछि एक लाख भन्दा बढी बिमितको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइएको छ।

सरकार, बीमक संघ र बीमा प्राधिकरणबीचको सहमतिअनुसार सरकारले कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ । रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया