NIMB Header 2
Nepal Life

मधेश प्रदेश सरकारले बीमाका लागि २ करोड विनियोजन, दुई कप चिया घटाएर बीमा गर्न सिलवालको आह्वान

Muktinath Bank
  • BFIS News
  • 2024 Sep 10 16:48
मधेश प्रदेश सरकारले बीमाका लागि २ करोड विनियोजन, दुई कप चिया घटाएर बीमा गर्न सिलवालको आह्वान
National Life

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज जनकपुरधाममा मधेश प्रदेश सरकारसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

NIMB

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारले कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिन रू. दुई करोड छुट्याएको जानकारी दिदै अन्य प्रदेशमा शुरू गरिएको घर बीमा र दुर्घटना बीमाको प्रभावकारितालाई अध्ययन गरेर त्यसतर्फ अगाडि बढ्ने बताए । 

मुख्यमन्त्री सिंहले बीमा गरेपछि बीमा कम्पनीहरू बीमितसँग सम्पर्कमा नरहने गरेको गुनासाहरू आउने गरेको उल्लेख गर्दै  बीमा गराउँदा बीमाका शर्तहरूका बारेमा बीमितलाई राम्रोसँग बुझाउनुपर्ने र बीमा सर्भेयर तथा बीमा अभिकर्ताका कामलाई लिएर आउने गरेका गुनासाहरूलाई सम्बोधन गर्न प्राधिकरणले अनुगमनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा जटिल विषय नभएको उल्लेख गर्दै दैनिक दुई कप चिया घटाउने हो भने त्यसको पैसाले बीमा गर्न पुग्ने बताए । 

अध्यक्ष सिलवालले भने, “बीमाका बारेमा सबैले बुझ्नु पर्छ, अनुदानको चलन पुरानो भयो, अब अनुदानलाई बीमामा रूपान्तरण गर्नु उपयुक्त हुन्छ, जोखिम हेरेर बीमा गर्नुपर्छ, बीमाबाट नै जोखिमको वित्तीय रक्षावरण हुन्छ ।”

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमा क्षेत्रको विद्यमान अवस्था, प्रदेश बीमा नीतिको आवश्यकता र बीमाको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुती दिएका थियो ।

कार्यक्रममा मधेश प्रदेशका मन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिव तथा सहसचिव, विभिन्न निकायका प्रतिनिधि र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवले गरेकी थिइन् । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया