Nepal Life

पसल वा घरमा कागती र खुर्सानी झुण्ड्याउँदा के हुन्छ?

Sagarmatha Lumbini
  • BFIS News
  • 2024 Sep 18 16:16
पसल वा घरमा कागती र खुर्सानी झुण्ड्याउँदा के हुन्छ?

काठमाडौं । पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ। खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ।

हुन त यसलाई अन्धविश्वास भनेर टार्न सकिएला तर कागती र खुर्सानीको यो संयोगले स्वास्थ्य पनि राम्रो बनाउँछ।

Nepal Life
NIMB

वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा लगाउन प्रेरित गरिन्छ। हुन पनि घरमा कागतीको रुख भयो भने वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ। सबैले घरमा रुख रोप्न नसक्ने भएकाले कागती र खुर्सानीको एक सेटले काम चलाउँछन्।

कागतीमा धागो उन्दा कागतीबाट सुगन्ध निस्कन्छ र वातावरणमा फैलिन्छ। यसले मूड पनि फ्रेश गराउँछ अनि कीरा पनि भगाउँछ। यस्ता कागती एक हप्ताभित्र बासी हुने भएकाले प्रत्येक हप्ता परिवर्तन गर्नुपर्छ।

हावालाई सफा बनाउनका लागि कागतीको अमिलोले राम्रो भूमिका खेल्छ। कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछन्।

एउटा कागती र सातवटा खुर्सानीलाई धागोमा उन्नुपर्छ। आफ्नो ढोकामा झुण्ड्याउनुस् र प्रत्येक हप्ता परिवर्तन गर्नुस्। यो देखावटीको वस्तु होइन, स्वास्थ्यका लागि लाभदायक कुरा हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार