Nepal Life

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

NMB Bank
  • BFIS News
  • 2024 Sep 22 08:27
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
United Ajod

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ। शनिबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

राष्ट्रबैंकले युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसा तोकिएको छ। शनिबार युरोपियन यूरोको आजको मूल्य एकको खरिदर १४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा थियो।

Shikhar
Nepal Life
NIMB

युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसा तोकिएको छ। शनिबार एकको खरिददर १७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३९ पैसा थियो।

स्वीस फ्र्याङ्क एकको खरिद दर १५७ रुपैयाँ ०२ पैसा र बिक्री दर १५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। शनिबार पनि सोही मूल्यमा किनबेच भएको राष्ट्रबैंकले जनाएको छ।

आइतबार अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७८ पैसा र बिक्री दर ९१ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २९ पैसा र बिक्री दर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ २१ पैसा र बिक्री दर एक सय तीन रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै जापानी येन १० को खरिद दर नौ रुपैयाँ २४ पैसा र बिक्री दर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ०४ पैसा र बिक्री दर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ७३ पैसा र बिक्री दर ३१ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ९६ पैसा र बिक्री दर २० रुपैयाँ ०५ पैसा तोकिएको छ ।

 राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ १२ पैसा र बिक्री दर १७ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपैयाँ २० पैसा र बिक्री दर ४३९ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिद दर ३५४ रुपैयाँ ०१ पैसा र बिक्री दर ३५५ रुपैयाँ ६१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया