Nepal Life

दिनहुँ उच्च मूल्यको रेकर्ड बनाउँदै सुन, आज कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Sep 23 11:21
दिनहुँ उच्च मूल्यको रेकर्ड बनाउँदै सुन, आज कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं। नेपाली बजारमा आज पनि सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

Shikhar
Nepal Life
NIMB

उक्त दिन सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी हो।

यसैगरी,  आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया