NIMB Header 2
Nepal Life

पुन: कुवेत-भैरहवा उडान गर्दै जजिरा एयरवेज, प्राधिकरणसँग माग्यो अनुमति

National Life
  • BFIS News
  • 2024 Sep 24 08:47
पुन: कुवेत-भैरहवा उडान गर्दै जजिरा एयरवेज, प्राधिकरणसँग माग्यो अनुमति
Sanima Reliance

काठमाडौं। जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि अनुमति माग गरेको छ। जजिराले बीचमा उडान रोकेपनि पुन: उडान गर्नेगरी अनुमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। जजिराले आगामी कार्तिक १२ गतेदेखि कुवेत-भैरहवा उडान गर्ने तयारी छ।

Shikhar
NIMB

जजिराले उडान अनुमति मागेपछि प्राधिकरणले त्यसबारे आवश्यक प्रक्रिया पूरा गरी अनुमति दिने तयारी गरेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए।

जजिराले यो रुटमा १८० यात्रु क्षमता भएको एयरबस ए–३२० नियो जहाज सञ्चालन गर्ने जनाएको छ। जजिरा सातामा तीन दिन कुवेत–भैरहवा–कुवेत उडान गर्ने छ ।

जहाज बिहान ६:२५ मा भैरहवामा अवतरण हुने छ भने ७:१० मा भैरहवाबाट कुवेत फर्किने छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया