Nepal Life

अंकित मूल्यभन्दा बढी लिए कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी, उजुरीका लागि ११८० मा खबर गर्न सकिने

NMB Bank
  • BFIS News
  • 2024 Sep 25 08:41
अंकित मूल्यभन्दा बढी लिए कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी, उजुरीका लागि ११८० मा खबर गर्न सकिने
United Ajod


काठमाडौं। काठमाडौं महानगरले अङ्कित अधिकतम मूल्यभन्दा बढी लिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ। महानगरले सूचना जारी गर्दै कुनै पनि व्यापार व्यवसाय गर्ने व्यक्ति/कम्पनी/निकाय ले अधिकतम मूल्यभन्दा बढी लिए ११८० नम्बरमा उजुरी गर्न पनि आग्रह गरेको छ।

Shikhar
Nepal Life
NIMB

यस्तै महानगले मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्नुपर्ने, खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्नुपर्नेलगायतका विषयमा पनि सचेत गराएको छ।

साथै, अनुगमनका क्रममा उल्लिखित अवस्था विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचना मार्फत जानकारी दिएको छ।

May be an image of text

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया