Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा ३० प्रतिशतसम्म छुट

NMB Bank
  • BFIS News
  • 2024 Sep 25 08:47
नेपाल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा ३० प्रतिशतसम्म छुट
National Life

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छुट दिने घोषणा गरेको छ। कम्पनीले व्यतित भएका सम्पूर्ण बीमालेखहरु असोज ९ देखि कात्तिक २३ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने जनाएको हो।

Shikhar
NIMB

कम्पनीका ३ वर्षसम्म व्यतित भएका बीमालेखमा ३० प्रतिशत, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा २० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ।

यस योजनामा समावेश भएका बीमालेखहरु नवीकरणको मितिदेखि १ वर्षभित्र सरेण्डर भएमा प्रदान गरिएको विलम्ब छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ।

यस्तो छुट एकपटक लिइसकेका बीमितलाई बीमा आवधिभर पुनः प्रदान नगरिने कम्पनीले जनाएको छ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया