Nepal Life

युनाइटेड अजोड हकप्रद निष्काशनका लागि पुग्यो धितोपत्र बोर्ड, १०० कित्ता बराबर १५ कित्ता पाइने

NMB Bank
  • BFIS News
  • 2024 Sep 25 14:58
युनाइटेड अजोड हकप्रद निष्काशनका लागि पुग्यो धितोपत्र बोर्ड, १०० कित्ता बराबर १५ कित्ता पाइने
National Life

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज ४ गतेबोर्डमा हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको हो।

Shikhar
NIMB

कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात १ः०.१५ को अनुपातमा हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३१ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ। न्युनतम साढे २ अर्ब जुटाउन कम्पनीले बोनस शेयर दिनेछ । प्रस्तावित बोनस शेयर बोर्डले अनुमति दिए पछि मात्रै शेयरधनीका लागि आह्वान गर्नेछ । 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया