Nepal Life

रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजे : पोखरेल

NMB Bank
  • BFIS News
  • 2024 Sep 25 15:26
रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजे : पोखरेल
United Ajod

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास भएको बताएका छन्। धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले भने, ‘सुशासनका कुरा गर्नेले अनुसन्धानको प्रक्रियामा जान नमान्ने कुरा उचित होइन, निःसर्त सहयोग गर्नुपर्छ।’

Shikhar
Nepal Life
NIMB

उनले रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप पनि लगाए। पोखरेलले रास्वपा र त्यसका सभापति लामिछानेले पनि अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताए । ‘अनुसन्धानलाई नै रोक्ने गरी जुन प्रकारका गतिविधि भइरहेको छ, यो कानुनी राज्यमाथिको उपहास हो,’ उनले भने, ‘कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्छ ।’

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया