एक कित्ताकै ५० हजार पर्ने युनिलिभर नेपालले घोषणा गर्यो अहिलेसम्मकै सर्वाधिक लाभांश, १७१४ प्रतिशत नगद दिने
- BFIS News
 - 2024 Sep 25 18:23
 
                    
काठमाडौं । दोस्रो बजारको सबैभन्दा महंगो कम्पनी युनिलिभरले अहिलेसम्मकै सर्वाधिक धेरै लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रति कित्ता ५० हजार रुपैयाँ भन्दा माथि छ । चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ मात्रै छ । पूँजी एकदमै थोरै र प्रतिफल एकदमै आकर्षक भएकै कारण कम्पनीको शेयर मूल्य सधै सर्वाधिक रहदै आएको छ ।
कम्पनीले लाभांश प्रयोजनार्थ असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश हात पार्न सक्नेछन् । आर्थिक वर्ष २०७९-८० मा यसले कर सहित प्रतिकित्ता १५ सय ८० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । कम्पनीले कार्तिक दोस्रो सातामा वार्षिक साधारणसभा गर्ने तयारी गरेको छ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् ।

 
                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया