NIMB Header 2
Nepal Life

राष्ट्र बैंकलाई अधिक तरलता व्यवस्थापन गर्ने ठुलो चुनौती, आज पनि प्रणालीबाट ५० अर्ब खिच्दै

National Life
  • BFIS News
  • 2024 Sep 29 13:33
राष्ट्र बैंकलाई अधिक तरलता व्यवस्थापन गर्ने ठुलो चुनौती, आज  पनि प्रणालीबाट ५० अर्ब खिच्दै
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई अधिक तरलता व्यवस्थापन गर्न हम्मे हम्मे पर्दै गएको छ । अधिक तरलताका कारण निक्षेपको व्याजदर मूल्य बृद्धिदर भन्दा तल झर्न नदिने ठुलो चुनौतीमा राष्ट्र बैंक छ । अधिक तरलताका कारण बैंकहरुले निक्षेपको व्याजदर घटाउन थाल्ने भएकाले राष्ट्र बैंकले निक्षेपकर्ताको हितलाई पनि संरक्षण गर्न तरलता व्यवस्थापन गर्नु पर्छ ।  

Shikhar
NIMB

बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार बैंकिंग प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ५० अर्ब खिच्न लागेको हो।

अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ। यसले गर्दा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले बारम्बार तरलता खिचिरहेको छ।

राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ।

राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले असोज १३ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्।

सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्ने छ। पछिल्लाे समय बैंकहरुमा अधिक लगानीयोग्य रकम थुप्रिएको छ भने कर्जाको माग अझै बढ्न सकेको छैन। यसले गर्दा केन्द्रीय बैंकले प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया