NIMB Header 2
Prabhu Mahalaxmi

सिटिजन्स क्यापिटल अन्तर्गतका तीनवटा म्युचुअल फण्डको लाभांश घोषणा

United Ajod
  • BFIS News
  • 2024 Sep 30 09:45
सिटिजन्स क्यापिटल अन्तर्गतका तीनवटा म्युचुअल फण्डको लाभांश घोषणा
IME LIFE

काठमाडौं। सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीनवटा म्युचुअल फण्डले लाभांश घोषणा भएको छ।

क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फण्ड १ (CMF1), सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो।

Nepal Life
NIMB

जसमध्ये सिटिजन्स म्युचुअल फन्ड १ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड २ (CMF2) को करसहित ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० (C30MF) को करसहित १० प्रतिशत नगद लाभांश रहेको छ।

लाभांश वितरण प्रयोजनका लागि तीनवटै फण्डले असोज २३ गते बुक क्लोज गर्ने भएका छन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया