NIMB Header 2
Prabhu Mahalaxmi

किन विरोध प्रदर्शनमा उत्रिए निगमका कर्मचारी?

United Ajod
  • BFIS News
  • 2024 Sep 30 13:53
किन विरोध प्रदर्शनमा उत्रिए निगमका कर्मचारी?
IME LIFE

काठमाडौं। नेपाल वायु सेवा निगमका कर्मचारी विरोध प्रदर्शनमा उत्रिएका छन्। आज बिहान कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालय प्रवेश गर्दा कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन्।

कर्मचारीहरूले आफूहरूमाथि अन्याय र विभेद भएको बताउँदै निगम परिसरमा व्यवस्थापनविरूद्ध प्रदर्शन गरेका हुन्। सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गई व्यवस्थापनले काम गरेको, न्यायका लागि लड्दा प्रतिशोध साँधेको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

Nepal Life
NIMB

सर्वोच्च अदालतले केही महिनाअघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशको अवहेलना गर्दै क्याविन क्रुलाई अवकास दिन लागिएको, सेवा सुविधामा भेदभाव भएको भन्दै केही दिनदेखि कर्मचारीबीच असन्तुष्टि देखिएको थियो।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया