लाइफ इन्स्योरेन्स कर्पोरेसन र एनएलजी इन्स्योरेन्सले पाए हकप्रद सेयर निष्कासनको अनुमति
- BFIS News
- 2024 Oct 01 15:28
काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसनले हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको छ। कर्पोरेसनले एक बराबर ०.८ अनुपात (८० प्रतिशत) बराबर हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको हो।
नेपाल धितोपत्र बोर्डले असोज १४ गते कम्पनीलाई हकप्रद जारी गर्नसक्ने स्वीकृति दिएको हो।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड छ। कम्पनीले हकप्रद सेयर दिएसँगै चुक्ता पुँजी ५ अर्ब रूपैयाँ पुग्छ। बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी पाँच अर्ब रूपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ।
यस्तै एनएलजी इन्स्योरेन्सले पनि हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको छ। एनएलजीले एक बराबर ०.६२५ अनुपात (६२ प्रतिशत) बराबर हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको छ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड छ। यसअघि ६६ प्रतिशत हकप्रदको प्रस्ताव गरेको कम्पनीले बोनस सेयर दिने भएपछि हकप्रद घटाएको हो। कम्पनीले हालै ५.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। कम्पनीले हकप्रद सेयर दिएसँगै चुक्ता पुँजी दुई अर्ब ५० करोड रूपैयाँ पुग्छ।
बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी दुई अर्ब ५० करोड रूपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ। यही कारण कम्पनीले हकप्रद दिएर चुक्ता पुँजी पुर्याउने भएको हो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया