Nepal Life

तिहारमा शेयर बजारका लगानीकर्तालाई खुसियाली, नेप्से सूचक ४५ अंकले सुधार हुँदा सबैको पोर्टफेलियो बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 15:10
तिहारमा शेयर बजारका लगानीकर्तालाई खुसियाली, नेप्से सूचक ४५ अंकले सुधार हुँदा सबैको पोर्टफेलियो बढ्यो
Sanima Reliance

काठमाडौं । तिहारको समयमा शेयर बजारले लगानीकर्तामा खुसियाली ल्याएको छ । दशै पछि घटेको शेयर बजारमा तिहारको पुर्वसन्ध्यामा भने सुधार भयो । मंगलबार नेप्से सूचक ४५.२३ अंकले सुधार भएको छ । सूचक सँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज मात्रै ६ अर्ब १२ करोडको कारोबार भयो । 

NIMB

आज २२१ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने १७ वटाको मूल्यमा सामान्य गिरावट देखियो । आज सबैभन्दा धेरै होटल र बीमा कम्पनीका शेयरधनी मालामाल भएका छन् । बाणिज्य बैंकको सूचक २४ अंकले बढेको छ । त्यस्तै विकास बैंकको १२१ अंकले बृद्धि भयो । जीवन बीमा कम्पनीको सूचक २३६ अंकले बढ्दा निर्जीवन बीमाको सूचक ४५० अंकले बढेको छ । 

आजको सुधारले लगानीकर्तामा खुसियाली छाएको छ । विहानैदेखि एक तहका लगानीकर्ताहरुले आज धनतेरसको दिन शेयर बिक्री नगर्न आह्वान नै गरेका थिए । आज लक्ष्मी भित्र्याउने भएकाले भएको शेयर बिक्री नगर्न उनिहरुको सुझाव थियो । 

सप्तकोशी डेभलपमेन्ट, सानिमा जिआइसी, कुथेली बुखेरी स्मल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समृद्धि फाइनान्सको सर्वाधिक धेरै २४ करोड ७१ लाख रुपैयाँको खरिद बिक्री भएको छ । केहि समय अगाडिसम्म लगानीकर्तामा राजनीतिक गतिविधिले नराम्रो सँग असर पारेको थियो । कतिपय राजनीतिक गतिरोधका विषय ओझेलमा परेका छन् । शेयर बजारलाई कम्पनीको वित्तीय अवस्था भन्दा धेरै राजनीतिक गतिविधिले प्रभाव पार्ने गरेको छ । राजनीतिक गतिविधिलाई आधार मानेर बजारमा लगानी गर्ने तथा बजारलाई तलमाथि गर्ने ट्रेण्ड नै बसिसकेको छ । 

यद्यपी तिहारको समयमा लगानीकर्ताले आफ्नो पोर्टफेलियो भने राम्रै बढाएका छन् । बजार लगातार तल झर्दा लगानीकर्ताको पोर्टफेलियो निकै तल झरिसकेको छ । अवका दिनमा बजार सुधार हुने भन्दै लगानीकर्ताको मनोबल बढ्दा कारोबार रकममा पनि सुधार देखिएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया