NIMB Header 2
Nepal Life

७ सय उद्योगको विद्युत् लाइन काट्ने तयारीप्रति महासंघको आपत्ति, ‘उद्योगीलाई त्रसित नबनाउनू’ आ

IME LIFE
  • BFIS News
  • 2026 Jun 18 12:34
७ सय उद्योगको विद्युत् लाइन काट्ने तयारीप्रति महासंघको आपत्ति, ‘उद्योगीलाई त्रसित नबनाउनू’ आ
United Ajod

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडअन्तर्गतका १० वटा औद्योगिक क्षेत्रभित्र रहेका करिब ७ सय उद्योगको विद्युत् लाइन काट्ने तथा उद्योगीमाथि धरपकड गर्ने तयारीप्रति गम्भीर आपत्ति जनाएको छ।

 

Nepal Life
NIMB

महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै कानुनी प्रक्रियामा रहेको विषयमा प्रशासनिक बल प्रयोग गरी दबाब सिर्जना गर्न खोजिएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको हो।

महासंघका अनुसार औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धिसम्बन्धी विवाद अहिले सर्वोच्च अदालत र उच्च अदालतमा विचाराधीन छ। उक्त विषयमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समेत विभिन्न मितिमा सञ्चालक समितिको निर्णयअनुसार अदालतमा पुनरावलोकनका मुद्दा दायर गरिसकेको छ।

कानुनी प्रक्रिया चलिरहेको अवस्थामा उद्योगीहरूले भाडा दरको स्पष्ट विवरण माग गर्दा समेत उपलब्ध नगराइएको र अचानक सात दिनको समयसीमा तोकेर बक्यौता तिर्न दबाब दिनु उचित नभएको महासंघको भनाइ छ।

बक्यौता नतिरेको आधारमा विद्युत् आपूर्ति बन्द गर्ने र उद्योग सञ्चालनमा अवरोध पुर्‍याउने कार्यले व्यवसायिक वातावरणमा नकारात्मक असर पार्ने महासंघले जनाएको छ। यस्ता कदमले स्वदेशी लगानीकर्ताको मनोबल कमजोर बनाउने तथा विदेशी लगानीसमेत निरुत्साहित हुने चेतावनी दिएको छ।

महासंघले सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गर्दै उद्योगमैत्री वातावरण कायम गर्न सरकार र सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने जनाएको छ।

साथै, जग्गा भाडा निर्धारणसम्बन्धी विवादलाई संवाद र सहमतिका आधारमा वैज्ञानिक तथा व्यवहारिक ढंगले समाधान गर्न आग्रह गर्दै आवश्यक परे महासंघ सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया