Nepal Life

आरविवि मर्चेन्ट बैंकिङ्गद्धारा वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 13:22
आरविवि मर्चेन्ट बैंकिङ्गद्धारा  वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्गले वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । बैंकिङ्गले यहि कार्तिक ११ गते श्री राम नारायण अयोध्या उच्च मा.वि पिपरा, महोत्तरीमा २ तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको छ ।

NIMB

उक्त सचेतनामूलक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पिपरा शाखाका प्रमुख सन्तोष कुमार ठाकुर र शाखाका कर्मचारी भगवान् चौधरीको उपस्थिति थियो । कार्यक्रममा राम नारायण अयोध्या उच्च मा.विका अध्यक्ष लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक सुजय कुमार राय लगायत अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, बरिष्ठ प्रबन्धक अजय घिमिरे र अधिकृत राम नारायण तिवारीले कार्यक्रम संचालन गरेका थिए । साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरे तथा  राम नारायण तिवारीले दिएका थिए ।

बैंकिङ्गले (World Investor Week-2024) को अवसरमा यस्तो कार्यक्रमआयोजना गरेको हो । यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गरिरहेको छ । यसका साथै सहभागीहरुले शेयर लगानी सम्बन्धी ज्ञान हासिल गरि लाभान्वित  हुने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत् लगानीमा स्थापित संस्था हो ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले यहि कार्तिक ६ गतेदेखि १२ गतेसम्म विश्व लगानीकर्ता सप्ताह–२०२४ (World Investor Week-2024) विभिन्न कार्यक्रमहरु सम्पन्न गरेर मनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया