NIMB Header 2
Prabhu Mahalaxmi

सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

United Ajod
  • BFIS News
  • 2024 Nov 06 06:59
सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
IME LIFE

काठमाडौं । सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको लाभांश आजसम्म शेयर खरिद गर्नेले मात्रै पाउने छन् । दुबैले लाभांश वितरण सहित आह्वान गरेको वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि कार्तिक २२ गते बुक क्लोज गर्दै छन् । 

Nepal Life
NIMB

सानिमा बैंकले मंसिर ४ गते, मंगलबार, आम्रपाली बैङक्वेट, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाले भने मंसिर ७ गते, शुक्रबार, होटल उग्रचण्डी, बनेपा–७, बनेपा बजार, काभ्रेपलाञ्चोकमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो ३ बजे शुरु हुनेछ। सभाले १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया