NIMB Header 2
Nepal Life

मेटलाइफका डिजिटल लाइफ कार्डधारकलाई सिवेक अस्पतालमा १५ प्रतिशतसम्म छुट

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 13 20:39
मेटलाइफका डिजिटल लाइफ कार्डधारकलाई सिवेक अस्पतालमा १५ प्रतिशतसम्म छुट
United Ajod

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ‘वन बाइ मेटलाइफ’ डिजिटल लाइफ कार्डधारक तथा योग्य परिवारका सदस्यलाई विभिन्न स्वास्थ्य परीक्षण सेवामा छुट उपलब्ध गराउन सिवेक अस्पतालसँग सहकार्य गरेको छ।

Nepal Life
NIMB

सहकार्यअन्तर्गत डिजिटल लाइफ कार्डधारक तथा उनका आश्रित अभिभावक, पति/पत्नी र छोराछोरीले काठमाडौं र पोखरास्थित सिवेक अस्पतालका सेवामा छुट पाउनेछन्।

सम्झौताअनुसार अस्पतालमै सञ्चालन हुने प्रयोगशाला सेवामा १० प्रतिशत, रेडियोलोजी सेवामा १० प्रतिशत र सीटी स्क्यान सेवामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ।

यो सुविधा ‘वन बाइ मेटलाइफ’ एपमार्फत पहुँच गर्न सकिनेछ। मेटलाइफ नेपालले डिजिटल लाइफ कार्डमार्फत आफ्ना ग्राहक तथा उनीहरूको परिवारलाई स्वास्थ्य सेवामा थप सहज पहुँच उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य विस्तार गरेको जनाएको छ।

सिवेक अस्पतालसँगको सहकार्यबाट डिजिटल लाइफ कार्डमा आबद्ध ग्राहकले नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक डायग्नोस्टिक सेवामा तोकिएको छुट उपयोग गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया