NIMB Header 2
Nepal Life

बैंकिङ प्रणालीमा अधिक तरलता, बजारबाट एक खर्ब तान्दै

Muktinath Bank
  • BFIS News
  • 2024 Nov 06 13:28
बैंकिङ प्रणालीमा अधिक तरलता, बजारबाट एक खर्ब तान्दै
National Life

काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार बैंकिंग प्रणालीबाट एक खर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी एक खर्ब खिच्न लागेको हो।

NIMB

अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ। यसले गर्दा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले बारम्बार तरलता खिचिरहेको छ।

राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ।

राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले कात्तिक २१ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्। सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्ने छ।

पछिल्लो समय बैंकहरुमा अधिक लगानीयोग्य रकम थुप्रिएको छ भने कर्जाको माग अझै बढ्न सकेको छैन। यसले गर्दा केन्द्रीय बैंकले प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया