NIMB Header 2
Nepal Life

नेपाल लाइफका एक मात्रै 'वन डे एमडिआरटी' राम बहादुर ओलीको निधन, अभिकर्ता संघ तथा बीमा क्षेत्रलाई अपुरणीय क्षति

Citizen Life
  • BFIS News
  • 2024 Nov 10 20:08
नेपाल लाइफका एक मात्रै 'वन डे एमडिआरटी' राम बहादुर ओलीको निधन, अभिकर्ता संघ तथा बीमा क्षेत्रलाई अपुरणीय क्षति
Muktinath Bank

काठमाडौं । नेपाल लाइफका एक मात्रै 'वन डे एमडिआरटी' राम बहादुर ओलीको निधन भएको छ । उपचारका क्रममा उनको नेपालगञ्ज अस्पतालमा आज विहान १२ बजे निधन भएको हो । 

NIMB

ज्वरो आएपछि उनलाई शनिवार घोराही अस्पताल लगिएको थियो । परिक्षणका क्रममा उनलाई टाइफाइड देखिए पछि थप उपचारका लागि नेपालगन्ज अस्पताल लगिएको थियो ।  

ओलीको निधनले पेशागत बीमा अभिकर्ता संघ तथा नेपाल लाइफलाई अपुरणीय क्षति पुगेको पेशागत बीमा अभिकर्ता संघका महासचिव ओम केसीले बताए । ओली शुक्रवार पनि नेपाल लाइफको तुलसीपुर शाखाका प्रमुख सँग नयाँ बीमा पोलिसीका लागि छलफल गरिरहेका थिए । अस्पताल जानु भन्दा अगाडी हिजो शनिवार पनि शाखा प्रमुख सँगै उनको कुराकानी भइरहेको थियो ।

२०४१ सालमा रुकुममा जन्मिएका ओलीले नेपाल लाइफको दाङको तुलसीपुर शाखाबाट जीवन बीमा व्यवसाय गर्दै आइरहेका थिए ।अभिकर्ता पेशामा एकदमै सफल उनले सन् २०२५ का लागि पहिलो दिनमै एमडिआरटीको लक्ष्य हासिल गरेका थिए । 

उनि सन् २०२१ देखि लगातार ४ पटक एमडिआरटी बन्दै आइरहेका थिए । उनको निधनले नेपाल लाइफलाई ठुलो धक्का पुगेको कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया