सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, २५०० रुपैयाँले घटेर एक लाख ६२ हजार ६००
- BFIS News
 - 2024 Nov 12 11:08
 
                    
काठमाडौं । सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो तीन कारोबार दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट भएको छ ।
यस दिन चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया