Nepal Life

नेपाल टेलिकमको मुनाफा १४.२० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ३८.६६ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2024 Nov 15 06:54
नेपाल टेलिकमको मुनाफा १४.२० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ३८.६६ रुपैयाँ
United Ajod

काठमाडौं । नेपाल टेलिकमको मुनाफा १४.२० प्रतिशतले घटेको छ । टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । 

Shikhar
Nepal Life
NIMB

कुल आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १.११ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ३३ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ५.४९ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर ३८ रुपैयाँ ६६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५३५ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ। १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया