सुनको भाउ तोलामा एक हजारले बढेर एक लाख ६४ हजारमा कारोबार
- BFIS News
 - 2024 Nov 21 10:57
 
                    
काठमाडौं । सुनको भाउ आज पनि तोलाको एक हजार रुपैयाँले बढेको छ । बिहीबार एक तोलाको एक लाख ६४ हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर चौथो दिन बढेको हो ।
यस दिन चाँदीको मूल्य भने स्थिर अवस्थामा छ । आजको बजारमा चाँदी बुधबार कायम मूल्यमा नै खरिदबिक्री भइरहेकाे छ । आज चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया