Nepal Life

राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले पाए अवकाश, म्यानुअलबाट आधुनिक प्रणालीका साक्षी   

NMB Bank
  • BFIS News
  • 2024 Nov 21 21:21
राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले पाए अवकाश, म्यानुअलबाट आधुनिक प्रणालीका साक्षी   
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले ३० वर्षे सेवा अवधि पुरा गरेर अवकास प्राप्त गरेका छन् ।बैंकको सेवामा रहँदा खासगरी बैंकलाई आधुनिक केन्द्रीय बैंकमा रूपान्तरण गर्न बैंकको लेखा प्रणालीलाई म्यानुअल लेजर प्रणालीबाट कम्प्युटरमा आधारित लेखा प्रणाली (BANK SYS) मा रुपान्तरण गर्ने कार्यमा उनले महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् ।

Shikhar
Nepal Life
NIMB

वेवमा आधारित आधुनिक केन्द्रीय बैंक लेखा प्रणालीको (Olympic Banking System) कार्यान्वयन गर्ने, आरटीजीएसको कार्यान्वयन गर्ने जस्ता महत्वपूर्ण कार्यको नेतृत्व गरि सफलतापूर्वक कार्यान्वयन गर्न पाएको उनले बताएका छन् ।

बैंकको मौद्रिक नीति, विदेशी विनिमय, भुक्तानी प्रणाली, नियमन, सुपरिवेक्षण लगायतका क्षेत्रमा नीतिगत, प्रक्रियागत तथा अन्य विषयमा महत्वपूर्ण योगदान गर्न पाएकोमा अत्यन्त गौरवान्वित महसुस गरेको उनले बताएका छन् । उनले भने 'मेरो कार्यक्षमतालाई विश्वास गरी केन्द्रीय बैंकका महत्वपूर्ण विभाग एवं कार्यको जिम्मेवारी प्रदान गर्नु हुने गभर्नरज्यूहरू खासगरी विजयनाथ भट्टराईज्यू, डा. युवराज खतिवडाज्यू, डा. चिरंजिवी नेपालज्यू, महाप्रसाद अधिकारीज्यू प्रति विशेष आभार प्रकट गर्न चाहन्छु ।'

उनले थपे, साथै बैंकको सेवामा रहँदा मलाई काम गर्ने हौसला प्रदान गर्नुहुने, निर्देशित गर्नुहुने, सल्लाह र सुझाव दिनुहुने, सहयोग गर्नु हुने राष्ट्र बैंकका सम्पूर्ण वर्तमान तथा पूर्व सर, म्याडमहरू तथा कर्मचारी मित्रहरू, बैंकिङ  तथा वित्तीय क्षेत्रका कर्मचारी तथा पदाधिकारीज्यूहरू, औद्योगिक तथा व्यापारिक संघ संगठनका महानुभावहरु, सञ्चारकर्मी मित्रहरू, आफन्तजनहरू, शुभेच्छुकज्यूहरू प्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।

नेपाल राष्ट्र बैंक जस्तो गरिमामंय संस्थाको पूर्व कर्मचारी हुन पाएकोमा आफूलाई अत्यन्त भाग्यमानी ठानेको उनले उल्लेख गरेका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया