Nepal Life

नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, शेयरधनीलाई नाफाबाट २ अर्ब ७० करोड लाभांश वितरण गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Nov 24 09:56
नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, शेयरधनीलाई नाफाबाट २ अर्ब ७० करोड लाभांश वितरण गर्ने
United Ajod

काठमाडौं, मंसिर ९ गते । नबिल बैंकले घोषणा गरेको लाभांश आजसम्म शेयर किन्नेले पाउने छने । बैंकले साधारणसभा प्रयोजनका लागि भोलि मंसिर १० गते बुक क्लोज गर्दैछ । 

Shikhar
Nepal Life
NIMB

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले मंसिर २७ गते बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा गृह, प्रर्दशनी मार्गमा ४० औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले गाभ्ने गाभिने तथा प्राप्ति गर्न, रणनीतिक साझेदारी गर्नेदेखि सम्पूर्ण कार्यका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने समेत प्रस्ताव पनि पारित गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया