NIMB Header 2
Prabhu Mahalaxmi

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

United Ajod
  • BFIS News
  • 2024 Nov 29 17:29
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न
IME LIFE

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा एक दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करीब १०३ जनाको उपस्थिति रहेको थियो ।

Nepal Life
NIMB

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स मुख्य कार्यालयको तर्फबाट प्रतिनिधि राजेन्द्र पाठकले दैनिक जीवनका जोखिमहरु, जोखिम व्यवस्थापनमा बीमाको महत्वका साथै लघुबीमाको आवश्यकता र हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले प्रचलनमा ल्याएका लघुबीमालेखको बारेमा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा बोल्दै पुष्पा खनालले प्राधिकरणको प्राथमिकताको क्षेत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सहकार्य गरी कार्य गरेकोमा खुसी व्यक्त गरिन् भने प्रमुख अतिथिले निर्जीवन बीमाको क्षेत्रमा भन्झट रहित दावी भुक्तानी प्रकृया सहितको प्रस्तुतीका लागि धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको समापनको क्रममा अध्यक्ष निरौलाले सहज सहकार्यका लागि प्रोटेक्टिभ माइक्रोका इटहरी प्रमुख धना भट्टराईलाई धन्यवाद ज्ञापन गर्दै छिट्टै नै कार्यगत एकता गरेर महासंघ सँग आवद्ध सम्पूर्ण व्यवसायीहरुलाई लघुबीमाको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघुनिर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा मुख्य कार्यालय रहेको यस कम्पनीले कोशी प्रदेशको इटहरी, विराटनगर, उर्लावारी र विर्तामोडमा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया