NIMB Header 2
Nepal Life

जीवन बीमा व्यवसाय ३० % ले बढ्यो, एकै महिनामा १९ अर्ब ६० करोड बीमा शुल्क आर्जन

Citizen Life
  • BFIS News
  • 2023 Aug 29 17:15
जीवन बीमा व्यवसाय  ३० % ले बढ्यो, एकै महिनामा १९ अर्ब ६० करोड बीमा शुल्क आर्जन
National Life

काठमाडौं । गएको आर्थिक वर्षमा सुस्ताएको जीवन बीमा व्यवसाय चालु आर्थिक वर्षको पहिलो महिनामै उल्लेख्य सुधार सहित पुरानै लयमा फर्किएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा कुल जीवन बीमा शुल्क आर्जन ३० प्रतिशतले बढेको छ । 

NIMB

जीवन बीमा कम्पनीहरुले साउन महिनामा १९ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी गत आर्थिक वर्षको पहिलो महिनामा जीवन बीमा कम्पनीहरुले १५ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । जीवन बीमा कम्पनीहरुहरुले नयाँ रणनीति सहित व्यवसाय बढाउन सफल भएका हुन् । यस महिनाको व्यवसायमा राष्ट्रिय बीमा संस्थानको योगदान सबैभन्दा ठुलो देखिएको छ । संस्थाले यस वर्ष नविकरण बीमा शुल्क आर्जन मात्रै तीन अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ । 

वैदेशिक रोजगारमा गएका र विदेश अध्ययन गर्न गएका नेपालीहरुमा केन्द्रित हुँदा जीवन बीमा व्यवसायमा ह्वात्तै सुधार भएको हो । कम्पनीहरुले अनलाइन माध्यमबाटै जीवन बीमा पोलिसी खरिद गर्न सकिने व्यवस्था मिलाएका छन् । अभिकर्ताहरुले वैदेशिक रोजगार तथा अध्ययनमा गएका नेपालीहरुलाई डिजिटल माध्यमबाट सम्पर्क गरेर बीमा गराउन सफल भएका हुन् ।

बीमा कम्पनीहरुले उनिहरुको कागजपत्र अनलाइनबाट प्राप्त गर्नुका साथै ठुला ठुला बीमाङ्कका पोलिसी खरिद गर्ने बीमितहरु सँग भिडियो कल गरेरै अण्डरराइटिङ गर्ने गरेका छन् । सम्बन्धित देशकै आधिकारिक डाक्टर तथा अस्पतालको मेडिकल रिपोर्टको आधारमा पोलिसी खरिद गर्ने भएकाले जोखिम पनि तुलनात्मक रुपमा कम भएको बीमकहरुको भनाइ छ ।

साउन महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधाधिक धेरै ५ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले जसमा ५६ करोड ३१ लाख रुपैयाँ प्रथम बीमा शुल्क र ५ अर्ब ६६ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै दोस्रो धेरै बीमा शुल्क आर्जन राष्ट्रिय बीमा संस्थानको रहेको छ । संस्थानले तीन अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क आर्जन जम्मा ४ करोड ३७ लाख रुपैयाँ रहेको छ भने नविकरण बीमा शुल्क आर्जन तीन अर्ब २९ करोड छ । संस्थानले निजामति कर्मचारीको अनिवार्य बीमा अन्तर्गतको पोलिसीबाट नविकरण बीमा शुल्कमा छलाङ मारेको हो ।

 तेस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा हिमालयन लाइफ रहेको छ । तीन वटा कम्पनी मर्जर पश्चात बनेको हिमालयन लाइफले साउन एक महिनामा एक अर्ब ९३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चौथो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले एक अर्ब ९२ करोड, पाचौ नम्बरमा रहेको नेशनल लाइफले एक अर्ब ८० करोड, सूर्य ज्योति लाइफले एक अर्ब, एशियन लाइफले ८१ करोड, सानिमा रिलायन्सले ६६ करोड, सिटिजन लाइफले ५७ करोड, प्रभु महालक्ष्मीले ५४ करोड, आइएमई लाइफले ५२ करोड, मेट लाइफले ४९ करोड, रिलायबल लाइफले ३८ करोड र सन नेपालले ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया