Nepal Life

वार्षिकोत्सवको अवसरमा नेपालपे मार्फत फण्ड ट्रान्सफर गर्दा निःशुल्क

NMB Bank
  • BFIS News
  • 2024 Dec 16 16:57
वार्षिकोत्सवको अवसरमा नेपालपे मार्फत फण्ड ट्रान्सफर गर्दा निःशुल्क
United Ajod

काठमाडौं पुस १ । डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रर्द्धनमा एनसीएचएल लागिपरेको १६ वर्ष हुँदै गरेको उपलक्ष्यलाई लक्षित गर्दै तथा डिजिटल कारोबारलाई प्रबर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने NEPALPAY Instant को फण्ड ट्रान्स्फर निःशुल्क गरिएको छ ।

Shikhar
Nepal Life
NIMB

अब NEPALPAY Instant को सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरु तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले पौष १६ गतेसम्मका लागि NEPALPAY Instant मार्फत बिना शुल्क ३१ बैंक वित्तीय संस्थाहरुमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन् ।

NEPALPAY Instant एक proxy को आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो जसमा लाभग्राहीको Virtual Private Address -VPA_ को आधारमा फण्ड ट्रान्स्फर गर्न सकिन्छ जुन लाभग्राहीको मोबाइल नम्बर रहेको छ । हाल NEPALPAY Instant को सुविधा कनेक्ट आइपिएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ्ग एपहरुमा उपलब्ध रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया