Nepal Life

मोबाइल नम्बर मार्फत पैसा पठाउने सजिलो तरिका: फोनपे द्वारा नयाँ अभियानको  घोषणा ​​​​​​​

NMB Bank
  • BFIS News
  • 2023 Aug 29 19:24
मोबाइल नम्बर मार्फत पैसा पठाउने सजिलो तरिका: फोनपे द्वारा नयाँ अभियानको  घोषणा  ​​​​​​​
United Ajod

काठमाडौँ । फोन पे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले "फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँको ठाउँ” नामक अभियानको  घोषणा गरेको छ जसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको छ । “मोबाईल नंबर भए पुग्छ” भन्ने ट्यागलाइन मा आधारित यस अभियानले आफ्नो  मोबाईलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोवार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिक्ता दिएको देखिन्छ |

Shikhar
Nepal Life
NIMB

यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो, जसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत QR जस्ता तरिकाहरु रहेका छन् |त्यसकै फलस्वरुप नेपालका विभिन्न बैँकहरूमा फोन पे ले ग्राहकहरुलाई फोन पे डिरेक्ट सम्बन्धित चेतना प्रदान गर्दै विभिन्न चेतनामुलक कार्यक्रमहरु पनि संचालन गरेको देखिएको छ जसबाट चौतर्फि एकीकृत मार्केटिङको राम्रो उदाहरण झल्किएको छ |

भाद्र महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरू ले फोन पे को फोन पे  डिरेक्ट  सुविधा प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको छ | यस अभियानमा  दुई भाग्यशाली विजेताहरूलाई iPhone 14 Pro को मेगा उपहारबाट पुरस्कृत गरिने छ भने अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रुपमा अन्य उपहारद्वारा गरिनेछ |

अभियानको उदेश्यका बारेमा  फोन पे का चिफ स्ट्राटेजि अफिसर सुवोद शर्मा ज्यूका अनुसार, “सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोन पे सदैव प्रतिबद्ध छ। पैसा पैसा पठाऔँ ठाउँको ठाउँ अभियान, यस प्रतिबद्धताको एक उदाहरण हो ।  फोन पे डिरेक्ट द्वारा हामीले पैसाको आदान प्रदान गर्ने तरिकालाई सधैँको लागि परिवर्तन गर्दैछौं।"

फोन पे ले सधैँ आफ्ना ग्राहकहरूको कारोवारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको पाईन्छ र यहि अनुरुप सुरक्षित कारोवारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरुमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको छ |

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया