Nepal Life

माछापुच्छ्र बैंकले घोषणा गर्यो लाभांश, बोनस शेयर वितरण पछि चुक्ता पूँजी ११ अर्ब ६८ करोड पुग्ने

NMB Bank
  • BFIS News
  • 2023 Aug 30 11:58
माछापुच्छ्र बैंकले घोषणा गर्यो लाभांश, बोनस शेयर वितरण पछि चुक्ता पूँजी ११ अर्ब ६८ करोड पुग्ने
National Life

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षकै जति लाभांश वितरण गर्ने भएको छ । बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले उक्त लाभांश मध्ये १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले यस वर्ष मुनाफाबाट एक अर्ब ४३ करोड रुपैयाँ मुनाफा वितरण गर्न थालेको हो ।

Shikhar
NIMB

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि साधारणसभामा पेश हुनेछ । साधारणसभाले पारित गरे पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ९.८ प्रतिशतले मुनाफा बढाएर एक अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको थियो । बैंकले एक अर्ब ४३ करोड शेयरधनीहरुलाई नै वितरण गर्ने भएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वितरण योग्य मुनाफा एक अर्ब ५६ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि चुक्ता पूँजी ११ अर्ब ६८ करोड पुग्नेछ ।

माछापुच्छ्रे बैंकको नाफा १० प्रतिशतले बृद्धि, वितरण योग्य मुनाफामा सुधार सँगै लाभांश दिने क्षमता बढ्यो

बैंकले विगत एक दशकमा वितरण गरेको लाभांश

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया