लिवर्टी माइक्रो लाइफका अध्यक्ष निकोलस पाण्डेले लिए शपथ ग्रहण
- BFIS News
- 2023 Aug 30 20:09
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
त्यस अवसरमा अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरुलाई निर्देशन दिए । शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव उपस्थित थियो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया