NIMB Header 2
Nepal Life

शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल पुनःनिर्वाचित

Muktinath Bank
  • BFIS News
  • 2025 Jan 05 11:13
शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल पुनःनिर्वाचित
National Life

काठमाडौं । शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको १६ औं वार्षिक साधारणसभाबाट थानेश्वर पौडेल अध्यक्ष पदमा पुनःनिर्वाचित भएका छन् । उनि बैंकको संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको स्थापनाकालदेखि नै सञ्चालक समितिको अध्यक्ष र सदस्यको भूमिकामा सञ्चालक समितिको नेतृत्व गर्दै आएका छन् ।

NIMB

त्रिभुवन बिश्वबिद्यालयवाट ब्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेल संस्थागत सुशासन र व्यावसायिक मूल्य मान्यता प्रति अडिग रहि इथिकल बैंकिङ्ग प्रति प्रतिबद्ध छन् । शिक्षा, अटोमोवाइल्स एवं बैंकिङ क्षेत्रमा विशेष दख्खल राख्ने पौडेल अमृत इन्टरनेशनल प्रा.लि. र क्यानन उच्च माध्यमिक विद्यालयको अध्यक्ष, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको कार्यकारी समिति सदस्य, सामाजिक क्षेत्रमा इन्द्र–पूर्णा सामाजिक सेवा ट्रष्टको अध्यक्ष समेत रहेका छन् । 

१६ औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट ई. सुरज उप्रेती र विरेन्द्र भुषाल निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट विरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराई निर्वाचित भएका छन् । 

वार्षिक साधारणसभाले आ.व. २०८०/०८१ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, सोही मितिमा समाप्त आ.व. २०८०/०८१ को नाफा वा नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ । 

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम वितरणयोग्य सञ्चित मुनाफावाट चुक्ता पूंजीको ५ (पांच) प्रतिशतले हुने रकम रु. २३,६६,८४,५४८/०० (अक्षरेपी तेईस करोड छैसट्ठी लाख चौरासी हजार पाँच सय अठ्चालीस मात्र) बराबरको नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्विकृत गर्ने प्रस्ताव पारित गरेको छ । 

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम वितरणयोग्य सञ्चित मुनाफावाट चुक्ता पूँजीको ३ (तीन) प्रतिशतले हुन आउने रकम रु. १४,२०,१०,७२९÷०० (अक्षरेपी चौध करोड बीस लाख दश हजार सात सय उनान्तीस मात्र) बोनश शेयर वितरण गर्न स्वीकृत गर्ने र सोही बमोजिम जारी तथा चुक्ता पूँजी बृद्धि गरी प्रबन्धपत्रको सम्वन्धित दफा संशोधन गर्ने विशेष प्रस्ताव पनि सर्वसम्मत रुपमा पारित गरेको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती/समाहित हुने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमती पत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने तथा उक्त कार्यसंग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाबाट पारित भएको बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया