नेपाल लाइफ क्यापिटलको एघारौं साधारणसभा सम्पन्न, अध्यक्षमा कृष्णराज लामिछाने चयन
- BFIS News
- 2025 Jan 06 19:17
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा यहि पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ । सभाले आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन गरेको छ ।
संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।
साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया