Nepal Life

नेपाल क्लियरिङ्ग हाउसको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

NMB Bank
  • BFIS News
  • 2025 Jan 12 18:39
नेपाल क्लियरिङ्ग हाउसको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित
United Ajod

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले आ.व. २०८०/८१ को आफ्नो तेह्रौ वार्षिक साधारण सभा मिति २८ पुस २०८१ (१२ जनवरी २०२५) मा काठमाडौंमा सम्पन्न गरेको छ ।

Shikhar
Nepal Life
NIMB

बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १९% बोनस शेयर र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात एनसीएचएलको चुत्ता पुँजी रु.  १,२६,८२,७०,९०० बराबरको हनेछ साथै बैठकले अधिकृत पूँजी वृद्धि गरी रु २.२५ अर्ब पुर्याउन स्वीकृत गरेको छ ।

कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्नेछ ।  

आ.व. २०८०/८१ म कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५४% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ६.२% ले वृद्धी भएको छ । उक्त आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १५६ खर्ब बराबरको १२.६ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो । 

बैठकले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरु निर्विरोध रुपमा पुनः निर्वाचित गरेको छ । बाणिज्य बैंकहरुबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंक लि.का उप–प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. का वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंक लि.का प्रमुख सूचना प्रविधि सृजन मल्ल पुनः निर्वाचित भएका छन् । 

एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५% र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५% स्वामित्व रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया