Nepal Life

हिमालयन बैंकको ३२ औं साधारणसभा सम्पन्न, एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित

NMB Bank
  • BFIS News
  • 2025 Jan 13 21:33
हिमालयन बैंकको ३२ औं साधारणसभा सम्पन्न, एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित
United Ajod

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। साधारण सभाले बैंक तथा यसका सहायक कम्पनीहरु सहितको आर्थिक वर्ष २०८०/८१ को एकिकृत वित्तीय विवरण पारित गरेको छ।

Shikhar
Nepal Life
NIMB

सभामा सञ्चालक समितिका अध्यक्षले आर्थिक वर्ष २०८०/८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि बैंकको खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ रहेको जानकारी दिएका थिए। ‘अडर कम्प्रिहेनशिप इन्कम’ सहित बैंकको खुद आम्दानी १ अर्ब २ करोड ३९ लाख १ हजार रुपैयाँ रहेको उनले बताएका थिए। जस मध्ये अनिवार्य जगेडाकोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने २४ करोड ७६ लाख ६० हजार छुट्याइएको उनले जानकारी दिएका थिए।

यसै गरि बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई दुई खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई दुई खर्ब ४७ अर्ब १० करोड ९० लाख रहेको पनि उनले जानकारी गराएका थिए।

यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही १ अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरुमा अपलेखन भएका कर्जाबाट १ करोड ४ लाख १८ हजार असुली गर्न सफल भएको जनाएको छ।

अपलेखन गरिएको कर्जाका साथै अन्य निष्क्रिय कर्जाको असुलीले चालू आर्थिक वर्षको नाफामा सहयोग पुग्ने विश्वास बैंकको छ।बैंकले स्थापनाकालदेखि नै नियमितरुपमा आफना सेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांशको रुपमा आर्कषक मुनाफा दिने गरेकोमा अघिल्लो वर्ष तथा यस वर्ष त्यसलाई निरन्तरता दिन सकेन । सभाले एफपिओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया