Nepal Life

माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न वार्षिक प्रतिवेदन पारित, तीन सञ्चालक निर्वाचित

NMB Bank
  • BFIS News
  • 2025 Jan 14 10:36
माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न वार्षिक प्रतिवेदन पारित, तीन सञ्चालक निर्वाचित
United Ajod

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ। सभाले बैंकको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन पारितसँगै तीनजना सञ्चालन सदस्य नियुक्त गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकका अध्यक्ष रोशन केसीले सभामा पेस गरेकाे वार्षिक प्रतिवेदन सभाले पारित गरेको हो। सभाले जय मुकुन्द खनाल, मनीषा भण्डारी र सुनीलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेकाे छ। सभाले जिपी राजबहाक एन्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित भएको छ।

सभामा बैंकका अध्यक्ष केसीले बैंकले कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्योगलगायतका क्षेत्रमा आफ्नो लगानी विस्तारलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका थिए। बैंकले प्रविधिको विकास सँगसँगै यसमा देखा परेका चुनौतीहरूलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरूलाई आत्मसात् गर्दै आएकोसमेत बताएका थिए। 

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफा कमाउनभन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको दाबी गरे। उनले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न बैंक निरन्तर लागि परिरहेको बताए। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया