NIMB Header 2
Prabhu Mahalaxmi

सिद्धार्थ बैंकको सञ्चालक समितिको अध्यक्षमा राहुल अग्रवाल, व्यापार तथा उद्योग क्षेत्रमा २२ वर्षको अनुभव

United Ajod
  • BFIS News
  • 2025 Jan 15 06:18
सिद्धार्थ बैंकको सञ्चालक समितिको अध्यक्षमा राहुल अग्रवाल, व्यापार तथा उद्योग क्षेत्रमा २२ वर्षको अनुभव
IME LIFE

काठमाडौं । सिद्धार्थ बैंकको सञ्चालक समितिको अध्यक्षमा राहुल अग्रवाल चयन भएका छन् । उनि २३ औं वार्षिकसाधारणसभाबाट सञ्चालक समितिको सदश्यमा पुनःनिर्वाचित भएका थिए । 

Nepal Life
NIMB

अग्रवाल संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्दै वि.स. २०७७ साल माघ १६ गते देखि सञ्चालक समिति सदस्य रहदै आएका थिए ।हाल उनि बैंकको कर्मचारी सेवा सुविधा समितिको संयोजक समेत छन् । Middlesex University, London बाट एम.बी.ए.सम्मको अध्ययन गरेका ४६ वर्षिय अग्रवाल नेपालको उद्योग व्यापार क्षेत्रमा २२ वर्षदेखि आबद्ध छन् ।

त्यस्तै, रिलायन्स ग्रुप अफ नेपालका कार्यकारी सञ्चालक, रिलायन्स सुपरटेक सिमेन्ट प्रा.लि., रिलायन्स सिमेन्ट प्रा.लि., अन्नपूर्ण क्वारिज प्रा.लि. तथा रिलायन्स पेपर मिल्स प्रा.लि.मा सञ्चालक रहेका अग्रवाल रिलायन्स ट्रेड सेन्टरको प्रोप्राईटर समेत हुन् । उनिसँग नेपाल तथा भारतका विभिन्न बैंकहरुमा कार्य गरेको अनुभवसमेत रहेको छ ।

बैंकको २३ औं वार्षिक साधारणसभाले संस्थापक शेयरधनी समुहबाट विरेन्द्र कुमार शाह, राहुल अग्रवाल र दिनेश शंकर पालिखेलाई निर्वाचित गरेको छ भने सर्वसाधारण शेयरधनीहरुको समुहबाट अंकित केडिया र भोजन अर्याललाई निर्वाचित गरेको थियो । नव निर्वाचित कार्यसमितिले अग्रवाललाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।

यस सँगै २०७२ साल पुस २१ गतेदेखि सञ्चालक समितिको अध्यक्ष रहदै आएका मनोज कुमार केडिया पदबाट बाहिरिएका छन् । उनले यस अवधिमा सिद्धार्थ बैंकलाई मर्जर विनानै आफ्नो अस्तित्व बचाएर मर्जर पछिका शक्तिशाली बैंकहरुसँग पनि प्रतिस्पर्धी बैंकको रुपमा स्थापित गराउन सफल भएका छन् ।   

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया