Nepal Life

लक्ष्मी सनराइज बैंकको मुनाफा ९.७१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ९.५५ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 Jan 20 07:32
लक्ष्मी सनराइज बैंकको मुनाफा ९.७१ प्रतिशतले बढ्यो,  प्रतिशेयर आम्दानी ९.५५ रुपैयाँ
United Ajod

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ९.७१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले मुनाफामा सुधार गरे सँगै प्रतिशेयर आम्दानी पनि ९.५५ रुपैयाँ कायम राखेको छ । 

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा सामान्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.२७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.२८ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.५० प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७३ करोड २६ लाख रुपैयाँबाट घटेर १ अर्ब ९२ करोड ९२ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा २४.०८ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४१ पैसा बढेर ९ रुपैयाँ ५५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.२२ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ८५ लाख रुपैयाँ रहेको छ।

२४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ६५ करोड १३ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया