NIMB Header 2
Prabhu Mahalaxmi

सगरमाथा लुम्बिनीको मुनाफा घट्यो,  बाढी पहिरोको अनपेक्षित दाबीको प्रभाव, आगामी त्रैमाशमा बढाउने प्रतिवद्धता

United Ajod
  • BFIS News
  • 2025 Feb 11 07:24
सगरमाथा लुम्बिनीको मुनाफा घट्यो,  बाढी पहिरोको अनपेक्षित दाबीको प्रभाव, आगामी त्रैमाशमा बढाउने प्रतिवद्धता
IME LIFE

काठमाडौं, फागुन १० गते । गएको असोजमा गएको बाढी पहिरोका कारण अनपेक्षित दाबी भुक्तानी गर्नु पर्दा सगरमाथा लुम्निनी इन्स्योरेन्स कम्पनीको मुनाफामा ठुलो असर परेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ६ करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

Nepal Life
NIMB

कम्पनीले व्यवस्थापकीय विश्लेषण गर्दै स्तरीय सेवाका कारण बीमितहरुको विश्वास हासिल गर्न कम्पनी सफल भएको जनाएको छ । यसैले कम्पनीको बीमा व्यवसाय सन्तोषजनक रहेको छ । समिक्षा अवधिमा बीमा व्यवसाय अपेक्षाकृत नै रहेको व्यहोरा जानकारी गराउदै गत त्रैमाशिक अवधिमा प्राकृतिक विपत्ती बाढी पहिरोको सामना देशले गर्नु परेको कारण यस कम्पनीमा आवद्ध बीमितहरुलाई पनि असर परेको कम्पनीले जनाएको छ । यसले गर्दा बीमितिहरुको क्षतिलाई पूर्ती गर्नु नै कम्पनीको महत्वपुर्ण जिम्मेवारीको रुपमा लिएर छिटो छरितो दाबी भुक्तानी गरिरहेको कम्पनीले जानकारी गराएको छ । यसरी प्राकृतिक विपत्तीले निम्त्याएको क्षतिका कारण कम्पनीले अपेक्षाकृत मुनाफा हासिल गर्न नसकेको कम्पनीले स्पष्ट पारेको छ । आगामी त्रैमाशमा अपेक्षा गरिए बमोजिमको नाफा हासिल गर्ने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ ।

कम्पनीले ६ महिनाको अवधिमा एक अर्ब ८३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जसमा एक अर्ब ११ करोड रुपैयाँ पुनर्बीमा शुल्क बापत बुझाए पनि कुल आम्दानी ७१ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । समिक्षा अवधिमा कम्पनीले एक अर्ब ५३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रहेको छ भने कम्पनीको विशेष जगेडा कोषमा २ अर्ब ५५ करोड जम्मा भएको छ ।  

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया