NIMB Header 2
Nepal Life

मेरो माइक्रोफाइनान्सका नव नियुक्त अध्यक्ष खत्रीले लिए पद तथा गोपनियताको सपथ

National Life
  • BFIS News
  • 2023 Sep 08 13:46
मेरो माइक्रोफाइनान्सका नव नियुक्त अध्यक्ष खत्रीले लिए पद तथा गोपनियताको सपथ
Sanima Reliance

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नव नियुक्त अध्यक्ष सुमित बाबु खत्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शुक्रवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष अध्यक्ष खत्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

Shikhar
NIMB

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधि सन्जिब मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए सङ्गै बैंक तथा वित्तीय संस्थाको संचालकमा बस्न नपाउने ब्यवस्था अनुरुप सो पद खाली थियो । संस्थाको २०८० भदौ २१ गते बसेको संचालक समितिको १४५ औं बैठकले संचालक खत्रीलाई अध्यक्ष चयन गरेको थियो । त्यस्तै प्राइम कमर्सियल बैंक लिमिटेडबाट प्रतिनिधित्व हुने गरी नेपाल भुषण श्रेष्ठलाई संचालक समितिको सदस्यमा मनोनयन गरेको छ ।

संस्थाले ६४ जिल्लामा १४९ शाखा कार्यालयहरुबाट १ लाख ६१ हजार भन्दा बढी ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्‍याउदै आएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया