Nepal Life

ग्लोबल मनी वीकको अवसरमा प्रभु बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Mar 19 15:41
ग्लोबल मनी वीकको अवसरमा प्रभु बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं । “अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरूका कुरा सुनौं तर आधिकारिक कुरा सुनी निर्णय गरौं।” भन्ने नाराका साथ प्रभु बैंक लिमिटेड, लम्की शाखाले पायोनियर्स एकेडेमी, कैलालीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

Shikhar
Nepal Life
NIMB

ग्लोबल मनी वीक २०२५ को अवसरमा आयोजित उक्त कार्यक्रम कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। कार्यक्रममा बैंकिङ प्रणाली, बचतको महत्व, जिम्मेवार वित्तीय निर्णय तथा डिजिटल बैंकिङको प्रयोग सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

प्रभु बैंकले वित्तीय सचेतना कार्यक्रममार्फत युवा पुस्तालाई आर्थिक रूपले सचेत बनाउन निरन्तर प्रयास गरिरहेको छ। यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो वित्तीय भविष्य सुरक्षित बनाउन सहयोग पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया