Nepal Life

स्टार्टअप उद्यम कर्जा चैत अन्तिम सातादेखि, पहिलो चरणमा एक हजार ३१४ परियोजना छनोट

NMB Bank
  • BFIS News
  • 2025 Mar 20 12:03
स्टार्टअप उद्यम कर्जा चैत अन्तिम सातादेखि, पहिलो चरणमा एक हजार ३१४ परियोजना छनोट
United Ajod

काठमाडौँ, चैत ७ गते । चैत अन्तिम सातादेखि स्टार्टअप उद्यम कर्जा वितरण गरिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठाले परियोजना अन्तिम छनोटमा परेका उद्यमीलाई स्टार्टअप उद्यम कर्जा वितरण गर्न लागेको हो ।

Shikhar
Nepal Life
NIMB

समितिले व्यावसायिक योजना प्रस्तुतीकरण गर्न छुटेकालाई यही चैत १३, १४ र १५ गते समय तोकेको छ । अन्तिम छनोटमा परेका परियोजनाले बिनाधितो तीन प्रतिशत ब्याजमा २५ लाख रुपियाँ कर्जा वितरण गरिने छ । कर्जाको अवधि पाँच वर्षको हुने छ ।समितिका कार्यकारी निर्देशक उमेश गुप्ताले व्यापार योजना प्रस्तुतीकरण अन्तिम चरणमा पुगेकाले आगामी अन्तिम सातादेखि कर्जा वितरण गर्ने तयारी गरिएको जानकारी दिए । 

यस वर्ष सात सय जनालाई स्टार्टअप कर्जा वितरण गर्ने तयारी गरिएको गुप्ताले जानकारी दिनुभयो । अन्तिम छनोटमा परेका सात सय परियोजनालाई मागका आधारमा राष्ट्रिय वाणिज्य बैङ्कमार्फत उद्यमका लागि कर्जा प्रदान गरिने कार्यकारी निर्देशक गुप्ताले जानकारी दिए । 

समितिले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार कर्जा प्रदान गर्नका लागि पहिलो चरणमा एक हजार ३१४ परियोजना छनोट गरेको थियो । त्यसमध्ये कार्यविधि अनुसार प्रक्रिया पूरा गरेका परियोजनालाई कर्जा प्रवाह गरिने समितिले जनाएको छ । स्टार्टअप उद्यम कर्जाका लागि कुल पाँच हजार १५८ परियोजनाको प्रस्ताव परेकामध्ये प्रारम्भिक सूचीमा परेका परियोजनालाई व्यावसायिक योजना माग गरिएको थियो । 

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत स्टार्टअप उद्यम कर्जा वितरणका लागि एक अर्ब रुपियाँ विनियोजन गरिएको छ । गत वर्षदेखि स्टार्टअप उद्यम कर्जा वितरण कार्यक्रम कार्यान्वयनमा आएको थियो । गत आवमा २५ करोड रुपियाँ विनियोजन गरिएकामा १६५ परियोजनालाई कर्जा प्रदान गरिएको थियो ।

कार्यविधि अनुसार तोकिएका १९ क्षेत्रमा परियोजनाको आवेदन प्राप्त भएको जनाइएको छ । तीमध्ये सबैभन्दा कृषि तथा पशुपन्छी, सूचना प्रविधि, पर्यटन, फर्निचर, लघुउद्योग, निर्माण सामग्री, वर्कसप, गार्मेन्ट तथा ह्यान्डिक्राफ्ट उद्योग, फेब्रिकेसन, मेटल तथा ग्लास, क्याफे तथा रेस्टुराँ, स्पोर्ट्स तथा सङ्गीत, होस्टेल, खाद्य प्रशोधनका रहेका छन् । 

परियोजनाले कर्जाको पहिलो किस्ता लिएको एक वर्षपछि साँवा र ब्याजबापतको रकम फिर्ता गर्नुपर्ने अवधि पनि तोकिएको छ । कर्जा प्रवाह गर्ने बैङ्कले असुलउपर गरेको साँवा र ब्याज रकम खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । सम्बन्धित बैङ्कले उद्यमीलाई सात दिनभित्रमा कर्जाको पहिलो किस्ता उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । 

बैङ्कले कर्जा प्रवाह गर्न बढीमा पाँच लाखसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मको दोस्रो किस्ता र त्यसभन्दा माथिको हकमा तेस्रो किस्तामा रकम उपलब्ध गराउनुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

सरकारले नवीनतम उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाहमा सहभागी गराउने उद्देश्यले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि कार्यान्वयनमा ल्याएको छ । कार्यविधिले नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका उद्यमीलाई समावेश गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया